Advertisement

शेयर बजार २३.८६ अंकले बढ्यो

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८६ अंकले बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ५ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।आज उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।