Advertisement

शेयर बजार १६.६८ अंकले घट्यो

आज शेयर बजार परिसूचक नेप्से १६ दशमलव ६८ अंकले घटेर २ हजार ७ सय ६ दशमलव ०४ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार पनि घटेको छ । गएको बिहीवार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका २ करोड १३ लाख कित्ता शेयर ८ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत् र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।