Advertisement

शेयर बजार १२.३८ अंकले घट्यो

शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ७६ विन्दुमा झरेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका ९५ लाख ९९ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।शेयर बजार ५ दिनमा ५४ अङ्कभन्दा धेरैले घटेको छ । आज जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर १ दशमलव ३५ प्रतिशतले ओरालो लागेको छ ।