आइतबार शयर बजारमा उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०४ अङ्कले घटेर २ हजार ६ सय १६ दशमलव २६ विन्दुमा झरेको छ । नेप्से लगातार छैटौं कारोबार दिन घटेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।नेप्से झन्डै दुई महिनायताकै कम विन्दुमा झरेको हो । यसअघि गएको माघ १४ गते नेप्से २ हजार ६ सय ३३ विन्दुमा झरेको थियो ।
शेयर बजारमा उच्च अङ्कले गिरावट












