Advertisement

शेयर बजारमा गिरावाट

आज शेयर बजार आज सामान्य गिरावाट आएको छ ।
शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ७५ अंकले घटेर २ हजार ६ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ८ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।आज विकास बैंक, होटल, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर सबैभन्दा धेरै साढे १ प्रतिशतले ओरालो लागेको छ ।