Advertisement

शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन

बिहीबार आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।
सरकारले पटकपटक बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघले बिहीबार सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सगँ करिब डेढ घण्टा वार्ता गरेको थियो । महासंघको तर्फबाट महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागि थियो । तीन ठूला दलका शीर्ष नेता, सभामुखसहितको बैठक राखेर टुंगो लगाउन पनि महासंघले माग गरेको छ ।मन्त्रालयले ऐनको विषयमा छलफलका लागि सहयोग गर्न महासंघलाई आग्रह गरेको छ ।