नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पुस २७ मै हुने बताएको छ ।
विशेष महाधिवेशनले पार्टी विभाजन नहुने पनि उनले सामाजिक सञ्जालमार्फत जानकारी गराए । पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले आफु बहिरीने घोषण गरेका छन । आजको नेपाल र अबको नेपालका बारे सुझबुझपूर्ण दृष्टि, योजना र सङ्कल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढङ्गले अघि बढ्नु पर्ने उनको भनाई थियो ।
पार्टीको विधानमा भएको व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजन गर्नु नभएको उल्लेख गरेका छन । सबै प्रतिनिधिलाई महाधिवेशनमा उपस्थित हुन पनि आग्रह गरेका छन ।
विशेष महाधिवेशन २७ पुसमै हुन्छ : महामन्त्री शर्मा












