Advertisement

विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको सुझाव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन।
शुक्रबार पार्टीको विपद् व्यवस्थापन विभागले राजधानीमा गरेको ‘नेपालमा विपद्को अवस्था, समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रचण्डले मौसम विभागले ठुलो विपद् आउन सक्ने अनुमान गरेकाले पूर्व तयारीमा जुट्न सरकारी, गैरसरकारी, राजनीतिक दल, भातृसंगठन लगायत सबैलाई आग्रह गरेका हुन ।
प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण प्रधानमन्त्रीको कार्यालय अन्तर्गत राख्नुपर्ने विज्ञको सुझावको आधारमा यसको गम्भीरतालाई प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।