अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै विगतमा भएको भ्रष्टाचारको छानबिन हुने बताएकी छिन ।
उनले वर्तमान सरकारले छोटो समयमा नै विगतमा भएको भ्रष्टाचारको प्रस्ट जानकारी पाइसकेको जानकरी दिइन । यसको आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताइन । उनले आन्दोलनमा भएको लुटपाट, तोडफोड गर्दा व्यक्तिको घरमा देखिएको नगद र सम्पत्तिमा सरकारको निकायले छानबिन गर्न थालिसकेको बताइन ।
विगतमा भएको भ्रष्टाचारको छानबिन हुने प्रधानमन्त्री कार्कीको भनाई












