Advertisement

लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्दै

आज दिउँसो १ बजे लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको एघारौँ बैठक बस्दै छ । बैठकमा “प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता” सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ । छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
समितिहरूको हेरफेरसम्बन्धी जानकारी सभामुखले प्रदेश सभालाई गराउने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।