लायन्स क्लब अन्तर्राष्ट्रियको इन्टरनेसनल डाइरेक्टर इनडोरसी पदका लागि नेपालबाट प्रतिष्ठित लायन नेता राजन लम्साललाई औपचारिक रूपमा सिफारिस उम्मेदवार बनाइएको छ।
राजन लम्साल इमान्दार, दूरदर्शी र मानव सेवा प्रति पूर्ण समर्पित व्यक्तित्व भएकोले दीर्घकालीन सामाजिक सेवा र मानव हितका कार्यहरूमा उल्लेखनीय योगदान दिँदै आउनु भएको लायन्स क्लब नेपालले जनाएको छ । उहाँ पूर्व डिष्ट्रिक्ट गर्भनर, मल्टिपल काउन्सिल चेयरपर्सन हुँदै अहिले एल.सी.आइ.एफ एरिया लिडरको रूपमा कार्यरत लम्साललाई लायन्स समुदायले सम्माननीय, विश्वासिलो, योग्य, अनुभवी र सबैलाई समेट्न सक्ने नेताको रूपमा चिन्ने गरेको छ।
विश्वकै सबैभन्दा ठूलो सामाजिक तथा मानविय सेवामूलक संस्था लायन्स क्लब अन्तर्राष्ट्रियले शिक्षा, स्वास्थ्य, आँखा उपचार, वातावरण संरक्षण र युवा सशक्तिकरणमा विशेष योगदान र्पुयाउँदै आएको छ । यस संस्थाको इन्टरनेसनल डाइरेक्टर पदले विश्वस्तरमा नीति निर्माण, अन्तर्राष्ट्रिय समन्वय, स्रोत परिचालन र सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्ने भूमिका खेल्ने लायन्स क्लब ३२५ केका एफ.डब्लु.सी कोअडिनेटर लायन बिनोद कार्कीले जानकारी दिनुभयो ।
लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक इनडोरसी पदमा राजन लम्सालको उम्मेदवारी












