Advertisement

ललितपुरमा कुलमानको समर्थनमा टुकी बालेर प्रदर्शन

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोेधमा आज ललितपुरको पुल्चोकमा टुकी बालेर प्रदर्शन गरिएको छ ।
कुलमानका समर्थकहरूले नेपाललाई अन्धकारमा धकेल्न लागेको भन्दै टुकी बालेर कुलमानलाई हटाउन पाइँदैन, पुनर्बहाली गर भनेर नारा लगाएका छन । कुलमानलाई हटाउने निर्णयबारे प्रधानमन्त्रीको जबाफ दिनुपर्ने माग राख्दै सदनमा समेत विरोध हुँदै आएको छ। गत सोमबार मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।