गएराति पौने ८ बजे रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ।
चन्द्रपुर-१० स्थित बिनुवा टोलका हृदय पासवानको घरको शोचालयको सेप्टी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने जगदीश साहको १ वर्षीया छोरी खुश्बु साह र गम्भीरा साहको १ वर्षीय छोरा रञ्जे साहको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
बालबालिकाको उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर लगिएपनि चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको गरेको प्रवक्ता रायले जानकारी दिए ।
रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु












