Advertisement

रोल्पामा भीरबाट लड्दा एक जनाको मृत्यु

सोमबार साँझ रोल्पामा घाँस काट्न गएका एक जनाको भीरबाट लडेर मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका–६ थुम्काका ५७ वर्षीय भरतबहादुर घर्तीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। घर्ती लडेर गम्भीर घाइते भएको र उद्धार गरी स्थानीयले अस्पताल लैजाने क्रममा घर्तीको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।