आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।
कात्तिक १७ गते सम्पन्न हुने रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको रिक्त प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आगामी साउन २१ गतेदेखिसाउन २७ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ, आयोगले उल्लेख गरिएको छ ।
रूपन्देही–३ को उपनिर्वाचनका लागि साउन २१ देखि दल दर्ता आह्वान












