Advertisement

रास्वपाको केन्द्रीय समिति बैठक बिहान ८ बजे बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दै छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ। यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने बताए। चौथो कार्यसूचीमा पार्टी संगठन एवं विभाग रहेको छ। केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना छ।पाँचौं कार्यसूचीमा आगामी फागुन २१ गतेलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीतिबारे पनि छलफल हुनेछ।