आज दिउँसो २ बजे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी कार्यालय चःमतिमा बस्दैछ ।
बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले गरेको सदरपछि उत्पन्न परिस्थितिबारे छलफल हुने रास्वपाले बताएको छ।शनिबार पनि रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै












