२०७६ साल चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएको गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट औपचारिक रूपमा बिदा भएको छ ।
उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताए । गभर्नर अधिकारीले कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध तथा आपूर्ति सङ्कटका कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार गरी देशको आर्थिक स्थायित्व कायम गर्न सफल भएको दाबी पनि गरे ।
राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको बिदा












