सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दै












