Advertisement

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे

पोखरा सभागृहमा मंगलबार सम्पन्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन ।
थेबेले ७ सय ९६ मत ल्याउँदा उनका प्रतिस्र्पधी सुमन पुरीले ६ सय ८ मत ल्याएका छन । १ सय ८८ मत बढी ल्याउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचनमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका थिए ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका थिए। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।