Advertisement

राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दै

आज राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने भएको छ।
बैठकमा प्रश्नोत्तरदेखि विधेयक टेबुल र समितिमा पठाउने प्रस्तावसम्मका पाँच सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकको सुरुवात अर्थ मन्त्रालय विष्णु पोडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ । उनले सम्बन्धित मन्त्रीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन । त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम छ।यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश टेबुल गर्नेछन । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।