राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्दै छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छिन । यसैगरी आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन ।बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठक आज बस्दै












