उच्च अदालत जनकपुरबाट तपश्वी रामबहादुर बम्जनले यौन दुराचार मुद्दामा सफाइ पाएका छन ।
उनीमाथि सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको आरोप लागेको थियो । सर्लाही जिल्ला अदालतले यसअघि बम्जनलाई दोषी ठहर गरेको थियो । तर, सो फैसला उच्चले उल्ट्याएको हो। न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बम्जनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए ।बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
रामबहादुर बम्जनले पाए सफाइ












