Advertisement

रातो मच्छिन्द्रनाथको रथ तान्न सुरू

बिहीबारदेखि पुल्चोकबाट वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ ।
रथलाई पुल्चचोकबाट तानेर गाबाहाल र्पुयाइएको छ । रातो मच्छिन्द्रनाथलाई ललितपुर नगरको भ्रमण गराउन रथयात्रा आरम्भ गरिन्छ ।नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ ।