आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता हुँदैछ ।
समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिन्छ । मनोनयन दर्ताको समय आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।
राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ ।
राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता हुदैँ












