Advertisement

राज्य व्यवस्थासहित शिक्षा समितिको बैठक बस्दै

आज संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने कार्यक्रम छ ।