Advertisement

राजावादीको जनजागरण अभियान भोलीदेखि

शनिबारदेखि राजावादीको जनजागरण अभियान सुरु हुने भएको छ।
संयुक्त जनआन्दोलन समितिले शुक्रबार जारी गरेको सूचनाअनुसार अभियान जेठ १० गते अपरान्ह ५ बजे काठमाडौंको जमलबाट सुरु हुनेछ। अभियान अन्तर्गत जेठ ११ र १२ गते काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै नगरपालिकाहरूमा स्थानीय जनसमुदायसँग प्रत्यक्ष सम्पर्क र संवाद गरिने छ।जनजागरण कार्यक्रममार्फत जनतालाई वर्तमान राजनीतिक, सामाजिक र धार्मिक अवस्थाको समीक्षा गराउँदै वैकल्पिक व्यवस्था प्रतिको आवश्यकता र समर्थन बढाउने लक्ष्य राखिएको छ।