Advertisement

राजावादीको उपत्यका बन्द कार्यक्रम फिर्ता

राजावादीहरुले आज घोषण गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जनाएको हो। आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।