Advertisement

रवि लामिछाने बुढानीलकण्ठबाट पक्राउ

शुक्रबार बेलुका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएपछि उनलाई पक्राउ गरिएको हो ।