Advertisement

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।
गत हप्ता मुद्दाको मूल मिसिल झिकाउनका लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो। मिसिल आएकोले आज पेसी चढाएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले जानकारी दिए ।
अदालतले लामिछाने र जोशीको मुद्दा एकै साथ हेर्न यस अघि नै आदेश दिएको थियो । आज पेसी तोकिएपछि लामिछाने र जोशीका कानुन व्यावसायीहरु बहसमा को–को सहभागी हुने भन्नेमा छलफलमा रहेका छन ।