Advertisement

यू–२० महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिए

२० वर्षमुनिको राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिएका छ ।
टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीको सङ्ख्या घटाएर ३० मा झारेका हो ।यसअघि बन्द प्रशिक्षणमा ४० जना खेलाडी थिए । अब ३० जना खेलाडी साफ च्याम्पियनशिपको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी हुनेछन ।२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो जुलाई ११ देखि २२ तारिखसम्म बङ्गलादेशमा आयोजना हुँदैछ । नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।