युक्रेनमा रुसले हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र अन्य देशहरूको मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गरिराख्न प्रोत्साहन मिलेको बताउनुभएको छ । रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताउनुभएको हो ।यो सन् २०२२ मा रुसले आक्रमण शुरु गरेयताको सबैभन्दा ठूलो हवाई आक्रमण भएको बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनमाथि अत्याचार गरिरहेको प्रतिक्रिया दिनुभएको छ ।
युक्रेनमा रुसले हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु












