Advertisement

यस वर्षको एसईई चैत १९ गतेदेखि सुरु हुने

यस वर्षको कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ ।
शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा १९ गतेदेखि गर्ने निर्णय भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी,संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरआवसीय नेपाली विद्यार्थीको लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।