Advertisement

म्यानमारमा भूकम्पमा परी एक हजार ६ सय ४४ जनाको मृत्यु

म्यानमारमा ठूलो भूकम्पमा परी एक हजार छ सय ४४ जनाको मृत्यु भएको छ । तीन हजार चार सय भन्दा धेरै घाइते भएको जनाएको छ । शुक्रबार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प र त्यसको केही मिनेटपछिको ६ दशमलव ७ म्याग्निच्युडको पराकम्पले म्यानमार र थाइल्याण्डमा क्षति गरेको छ । १७ लाखभन्दा धेरै मानिसका घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ ।