हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी,लुम्बिनी,बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागका तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम अपडेट












