Advertisement

मौसम अपडेट

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसको प्रभावले बिहीबार बिहान कोशी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको पनि सम्भावना रहेको छ।
बिहीबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।राति कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।