Advertisement

मौसम अपडेट

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एकरदुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले तराइका केही ठाउँमा हुस्सु लागेको छ । दिउँसो तराईमा लागेको हुस्सु तथा कुहिरो क्रमिक रुपमा हट्दै जाने महाशाखाले जनाएको छ ।दिउँसो सुदूरपश्चिम सहित देशका पहाडी तथा हिमाली भू–भागमा आशिंक बदली हुने छ । राति तराईका केही ठाउँमा हुस्सु कायमै रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च भू–भागमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना रहेको छ ।