Advertisement

मौसम अपडेट

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। आज देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।