आगामी २४ घण्टा देशका अधिकांश भू-भागमा साधारणतयास् मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान ८ बजे जारी गरिएको पूर्वानुमानअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बदली रहने सम्भावना छ।यस्तै आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने समेत महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति पनि कोशी प्रदेशका पहाडी–हिमाली भू-भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफैँ रहने पूर्वानुमान गरिएको छ।
मौसम अपडेट












