Advertisement

मौसम अपडेट

आगामी २४ घण्टाको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति भने देशभर मौसम पूर्ण रूपमा सफा रहने महाशाखाको पूर्वानुमान छ।