Advertisement

मौसम अपडेट

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा,हिमपातको सम्भावना रहेको विभागद्धारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।
आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा,हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।