बुधबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्धको पतञ्जली जग्गा प्रकरणको भ्रष्टाचार मुद्दामा थुनछेक बहस सकिएको छ ।
पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि दिँउसो २ बजेसम्म उनको बयान भएको थियो, त्यसलगत्तै करिव ३ घण्टा दुवै पक्षबीच थुनछेक बहस भयो ।अख्तियारको तर्फबाट उपस्थित बरिष्ठ अधिवक्ता सुशील पन्तले आरोपपत्रमा उल्लेखित विवरणहरु सुनाए । एकपछि अर्को घटनाक्रम पेश गर्दै उनले मन्त्रीपरिषद्को निर्णयबाट नै भ्रष्टाचार भएको र त्यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिन नहुने जिकिर गरे ।
माधवकुमार नेपालको थुनछेक बहस सकियो












