नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति जनताको विश्वास बढ्दै गएका बताएका छन् ।
शनिबार काठमाडौँमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्ने क्रममा आफ्नै खुट्टामा आगामी चुनाव लड्ने आधार तयार हुँदै गएको धारणा राखे । प्रचण्डले ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार तयार पार्ने बताए । उनले सामाजिक सञ्जालमा माओवादी एक नम्बरतिर उकालो लाग्दै गरेको भन्दै त्यसले जनमतलाई आकर्षित गरेको दाबी गरे ।
माओवादीप्रति जनताको विश्वास बढ्दै छ : प्रचण्ड












