नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक अहिले ८ बजेदेखि शुरु हुदैछ ।
हिजो बसेको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे ब्रिफिङ गरेका थिए । प्रचण्डले वामपन्थीबिच एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएकाले एकता प्रक्रिया नरोकिने बताएका थिए । नेता जनार्दन शर्माले प्रचण्डको ब्रिफिङप्रति असहमति व्यक्त गर्दै तीन पन्ने लिखित प्रस्ताव राखेर बाहिरिएका थिए । उनले वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी हतारमा एकता गर्न नहुने पक्षमा उभिएका थिए । हतारोको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा हुने तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकुल परिणाम ल्याउने शर्माको निष्कर्ष थियो ।
माओवादीको सचिवालय बैठक ८ बजेदेखि सुरु हुदै












