Advertisement

माओवादीको सचिवालय बैठक दिउँसो १ बजे बस्दै

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
बैठकमा महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए । असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।