Advertisement

माओवादीको जारी बैठक आज सकिने

नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि जारी स्थायी कमिटी बैठक आज अध्यक्ष प्रचण्डले जवाफ दिएरपछि सकिने भएको छ ।
बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिएर समापन गर्ने तयारी गरिएको हो । अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ(आफ्नो धारणा राख्नेछन ।बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन । विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन तर, शर्माले आफूलेमात्र होइन अध्यक्ष प्रचण्डले समेत आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन।