आज नेपालले एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो दोश्रो खेलमा श्रीलङ्कासँग खेल्दैछ ।
खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा श्रीलङ्का एक सय ५९औं स्थानमा छ । गएको आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले हारेको थियो । समूह ‘एफ’ मा रहेको नेपाल तीन अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ भने उज्वेकिस्तान शीर्ष स्थानमा छ ।
महिला एशियन कपको छनोटाला आज नेपालले श्रीलङ्कासँग खेल्दै












