Advertisement

मर्चेन्ट बैंकको ‘अन्डरराइटिङ’ क्षमता बढाइयो

मर्चेन्ट बैंकले गर्दै आएको अन्डरराइटिङ क्षमता बढाइएको छ ।
बैंकले धितोपत्र सार्वजनिक निष्कासनका क्रममा क्षमता बढाएको हो । नियामक नेपाल धितोपत्र बोर्डले बैंक तथा बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने अन्डरराइटिङको अधिकतम सीमा बढाएको छ। अहिलेसम्म यस्ता कम्पनीले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकम बराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था थियो । कम्पनीले अब दायित्व ब्यहोर्ने सुनिश्चितता गरेको खण्डमा माउ कम्पनीकै नेटवर्थ बराबरको अन्डरराइटिङ गर्न पाउने व्यवस्था गारिएको छ । प्रवक्ता निरञ्जय घिमिरेका अनुसार बैंकिङ र बीमा क्षेत्रका माउ कम्पनी रहेका हकमा मात्रै यो व्यवस्था रहने जानकारी दिए ।बोर्डले निर्णय गरेकोले यो व्यवस्था लागु भइसकेको घिमिरेले बताए ।