Advertisement

मधेस प्रदेशसभाको बैठक साढे ८ बजे बस्दै

मधेस प्रदेशसभाको बैठक अहिले साढे ८ बजे आज बस्ने भएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बैठक आह्वान गरिएको हो । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन ।