गएराति मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै त्रिभुवन राजपथमा ढुङ्गा र रुख खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
राति १२:१५ बजे सडक माथिबाट ढुङ्गा सहित रुख खस्दा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त स्थान भैँसे प्रहरी चौकीबाट करिब २२ किलोमिटर पश्चिम–उत्तर पर्छ। घटनापछि तत्कालै २ वटा डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भए पनि ठुलो ढुङ्गा खसेकाले साधारण मेसिनले हटाउन नसकिएको बताइएको छ। त्रिभुवन राजपथ अवरुद्ध हुँदा रातिदेखि नै सवारी साधन रोकिएका छन ।
मकवानपुरमा ढुङ्गा झर्दा त्रिभुवन राजपथ अवरुद्ध












